१२ असार ,काठमाडौ । सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करले स ११ प २५८५ नम्बरको मोटरसाइकलमा सबार रुपनी गाउँपालिका ३ कि ८ बर्षकी यशोधा देवीको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्धिवेदीले बताए ।
यो मोटरसाइकल मृतक बालिकाको मामा कुसुमलाल मण्डलले चलाइरहेका थिए । मोटरसाइकलमा मण्डलसहित उनकी दिदी सुमनदेवी र भाञ्जी यशोधा सवार थिए ।