Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरमा बालमैत्री नगरपालिका अभियान तीव्र, घरधुरी सर्भेक्षण एपबारे छलफल सम्पन्न

तार्केश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ घरधुरी सर्भेक्षण सम्बन्धी Application बारे छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर उपप्रमुख सिर्जना बुर्लाकोटीको उपस्थिति रहेको थियो भने तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, सुधिनराज बुढाथोकी तथा घरधुरी सर्भेक्षण Application सँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालमैत्री नगरपालिका घोषणा प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले घरधुरी स्तरबाट तथ्यांक संकलन गर्ने Application को प्रयोग, यसको आवश्यकता तथा कार्यान्वयनका पक्षमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख शम्भु ज्युको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै