२१ मंसिर, काठमाडौ । मंगलबार सेयर बजार परिसूचक नेप्से २५ सय अंकमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३७।१८ अंकले घट्दै २५ सय ८।९० विन्दुमा ओर्लिएको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६।८५ अंकले घट्दै ४४७।१३ विन्दुमा झरेको नेप्सेले जनाएको छ ।
३७ अंकमाथिले घटेको बजारमा आज तीन अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका सबै उपसमूह ऋणात्मक भएका छन् ।



