काठमाडौं । सामुदायिक सेवा केन्द्र, तारकेश्वरको दोस्रो साधारणसभाले रामेश्वर देवकोटाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नेपालटारस्थित कान्तिपुर एभी पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले ११ सदस्यीय सचिवालय, एक जना संरक्षक तथा ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजकुमार खड्का, उपाध्यक्षमा नारायणप्रसाद सापकोटा र इन्द्र गुरुङ, सचिवमा लक्ष्मण तिमिल्सिना, कोषाध्यक्षमा बालकुमारी आले, सहसचिवमा बलराम धिताल र भरत अधिकारी तथा सहकोषाध्यक्षमा सोनी श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी, कार्यकारी सदस्यमा वासुदेव तिमिल्सिना र राधाकृष्ण खड्गी चयन भएका छन्। सदस्यहरूमा मिरा महर्जन, प्रकाश कटुवाल, प्रकाश महर्जन, मिना थापा, आशिया विक, श्याम महर्जन, श्यामबाबु महर्जन, दीपेश थापा, निश्चल कोइराला, टंकनाथ गौतम, भुवन घिमिरे, राजु फुयाँल, रिता राई र बालकुमारी बगाले सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
साधारणसभाले संस्थाको संरक्षकमा रामेश्वर बोहरालाई चयन गरेको छ। सल्लाहकार समितिमा डोलराज अर्याल, उद्धव बोगटी, पार्वती थापा, जगन्नाथ राजबाहक, रबिन थपलिया, पुकार तिमिल्सिना, राजन नेपाल, योगेन्द्र महतो, विवेक धिताल, सुन्दरश्याम खड्का र मनोज गजुरेल रहेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी यमलाल बञ्जाडेले समुदायको सक्रिय सहभागिताबिना दिगो शान्ति–सुरक्षा सम्भव नहुने बताउनुभयो। उहाँले अपराध नियन्त्रण, जनचेतना अभिवृद्धि तथा सामाजिक सद्भाव कायम गर्न सामुदायिक सेवा केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै प्रहरी र समुदायबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
संस्थाका संरक्षक रामेश्वर बोहराले दोस्रो साधारणसभाबाट चयन भएको नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावकारी, व्यवस्थित र गतिशील बनाउने विश्वास व्यक्त गर्दै सामाजिक सेवामा एकताबद्ध भएर लाग्न सबै सदस्यलाई आग्रह गर्नुभयो।
तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राधाकृष्ण खड्गीले स्थानीय सरकार, प्रहरी र समुदायबीचको समन्वयबाट मात्रै सुरक्षित र सभ्य समाज निर्माण सम्भव हुने बताउँदै सामुदायिक सेवा केन्द्रका गतिविधिमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
वडा नं. ११ का सदस्य जगन्नाथ घिमिरेले समाजमा अनुशासन, सामाजिक उत्तरदायित्व र जनसहभागिता अभिवृद्धि गर्न सामुदायिक सेवा केन्द्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी, टंकप्रसाद अधिकारीले सामुदायिक सेवा केन्द्रले समाजमा सकारात्मक परिवर्तनका लागि उल्लेखनीय योगदान पुर्याएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको प्रारम्भमा संस्थाका वरिष्ठ उपाध्यक्ष राजकुमार खड्काले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको अभियानमा निरन्तर साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मण तिमिल्सिनाले गर्नुभएको थियो।



