Comments Add Comment

सुटिङ स्थलमा घाइते भए कार्तिक आर्यन

भाद्र ३ , काठमाडौ । बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन् । निर्देशक कविर खानको निर्देशनमा बनिरहेको स्पोर्ट्स ड्रामा फिल्मको सुटिङको क्रममा मुम्बईमा कार्तिकको घुँडामा चोट लागेको हो ।

उनको अस्पतालमा उपचार भइरहेको र एक दुई दिनमा घुँडाको शल्यक्रिया गरिने बताइएको छ । फिल्म छायाङ्कनको अन्तिम चरणमा थियो । फिल्मका महत्त्वपूर्ण दृश्य २ दिनभित्र छायाङ्कन गर्ने तालिका बनाइएको थियो । सञ्चारमाध्यमका अनुसार, कार्तिक फिल्मको विशेष दृश्यको तयारीका लागि एक्सन कोचसँग कडा तालिम लिइरहेका थिए । यस फिल्मको नाम भने अझै टुङ्गो लागेको छैन ।

‘कार्तिक अहिले फोर्टिस रहेजा अस्पतालमा भर्ना भएका छन् र उपचार गराइरहेका छन् । डाक्टरहरूले एक दिनमा उनको घुँडाको शल्यक्रिया गर्नेछन्, त्यसपछि उनलाई केही दिन आराम गर्नुपर्नेछ । त्यसपछि उनी काममा फर्कन सक्नेछन्,’ निर्माणसँग नजिकको स्रोतले बताएको भन्दै इन्डिया टुडेले समाचार छापेको छ ।

कार्तिक आर्यनले कबीर खानसँग यस अघि ‘चंदु च्याम्पियन’ मा सँगै काम गरेका थिए । यसमा आफ्नो अभिनयका लागि कार्तिकले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए । कामको कुरा गर्ने हो भने कार्तिक आर्यन अब मृगदीप सिंह लाम्बाको निर्देशन र करण जोहरको निर्माणमा बनिरहेको फिल्म ‘नागजिला’ मा पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै