Comments Add Comment

Advertisment

SKIP THIS

दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

२३ मंसिर काठमाडौ । दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही-१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् ।

३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका–४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका–३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् ।

४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका(४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

५ जना जुवाडे पक्राउ

झापाबाट ६ जना जुवाडे पक्राउ

भक्तपुरमा नगदसहित पाँच जुवाडे पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

५ जना जुवाडे पक्राउ

झापाबाट ६ जना जुवाडे पक्राउ

भक्तपुरमा नगदसहित पाँच जुवाडे पक्राउ