Comments Add Comment

Advertisment

SKIP THIS

दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउन ओलीको प्रस्ताव

२६ मंसिर काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई एमाले केन्द्रीय कमिटीको सदस्यमा मनोनित गर्ने प्रस्ताव गरेका छन् ।

सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रसाईँको नाम प्रस्ताव गरेका हुन् । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रसाईसहित ३० जना नेताहरूको नाम प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए । प्रसाई यसअघि चितवनमा सम्पन्न १०औं महाधिवेशनमा प्रतिनिधिको रुपमा पुगेका थिए ।

प्रसाईँले केन्द्रीय सदस्यमा उठ्ने बताए पनि ओलीले तयार पारेको केन्द्रीय कमिटीको सूचीमा परेका थिएनन् । उनी गोदावरीमा भएको विधान महाधिवेशनको क्रममा एमाले प्रवेश गरेका थिए ।

तर अध्यक्ष प्रसाईँलाई सदस्य बनाउने ओलीको प्रस्तावलाई लिएर अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहितका पदाधिकारीहरूले बैठकमै आपत्ति जनाएका थिए । उनीहरूले ओलीले सल्लाह नगरिकनै नाम अघि सारेको भन्दै ओलीको प्रस्तावमा विरोध जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment