Comments Add Comment

Advertisment

SKIP THIS

चीन निर्यात गरिन लागिएको घाँस

२९ मंसिर काठमाडौ । कोरोना महामारीका कारण रोकिएको प्रशोधित घाँस चीन निर्यात गर्ने प्रोटोकल सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले प्रशोधित घाँसको व्यवसायिक उत्पादन गरी निर्यात गर्ने उद्देश्य अनुरूप नेपाल-चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकल स्वीकृत गर्ने निर्णय गरेको हो ।

दुई देशका सरकारको स्वीकृत बिना चीनमा कुनै पनि वस्तु निर्यात गर्न पाइँदैन। त्यसैले सरकारले प्रोटोकल बनाएर घाँस निर्यातका लागि बाटो खोलिदिन लागेको हो ।

चीन निर्यात गरिने भनेको साइलेजु घाँस हो। यहाँ विभिन्न कम्पनीले साइलेज उत्पादन गर्दै आएका छन् । यसमध्ये नेपाल ग्रीनल्यान्ड मल्टिपर्पोज प्रालिले चीनमा निर्यात गर्ने भएको हो।

कम्पनीका अध्यक्ष श्रीबहादुर खड्काका अनुसार हरियो घाँसको पोषण तत्व कायमै राखेर आवश्यकता अनुसार सुख्खा समयमा प्रयोग गर्न सक्ने अवस्थामा स्टोर गरेर राखिएको घाँसलाई साइलेज भनिन्छ।

यसलाई सामान्यतया निश्चित किलोको रोल बनाएर राखिन्छ। कम्पनीले गत चैतदेखि नै साइलेज उत्पादन थालेको हो। निर्यातका लागि प्रोटोकल स्वीकृत नभएकाले यहीँ बिक्री गरिरहेको छ।

प्रोटोकल स्वीकृत भएपछि अब चीन निर्यात गरिने खड्काले जानकारी दिए । त्यसपछि चीन लगायत अन्य देशमा निर्यात गर्छौं ।

खड्काका अनुसार साइलेज मकै र नेपियर (हाइब्रिड घाँसको जात) लगायत अन्य हरियो घाँसबाट बनाउन सकिन्छ। कम्पनीले भने चितवनमा मकैको साइलेज बनाइरहेको छ। मकै ठूलो परिमाणमा लगाउन सकिने भएकाले यसबाटै उत्पादन गरिरहेको जानकारी दिए।

कम्पनीले राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरबाट पोसिलो जातको मकै ल्याएर साइलेज बनाइरहेको छ। पोसिलो जातको मकै साइलेज बनाउनकै लागि विकास गरिएको हो। कृषि अनुसन्धान परिषद नार्कले साइलेजका लागि अन्य जातको पनि अध्ययन गरिरहेको छ।

अहिले कम्पनीले नमूनाका लागि आफैं बीस बिघामा मकै लगाएको छ। त्यस्तै अन्य ३ सय ५० किसानसँग पाँच सय बिघामा साइलेज उत्पादनका लागि सहकार्य गरेको खड्काले जानकारी दिए।

हामीलाई कस्तो गुणस्तरको चाहिने हो भनेर देखाउन थोरैमा खेती गरेका छौं। अरू किसानसँगै लिने हो, उनले भने। सहकार्य गरेका किसानले कम्पनीले माग गरेअनुसार मकै उत्पादन गर्नुपर्छ। कम्पनीले पोसिलो जातको मकै उत्पादन गर्ने किसानलाई बिउ, मल र ट्र्याक्टर उपलब्ध गराइदिएको पनि उनको भनाइ छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै