२२ जेठ , काठमाडौ । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कोजुले जेठ १६ गते दिउँसो र मुखियाले गएको फागुन १ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।