Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ

५ जेठ, काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका–५ मा बिक्री वितरण गरीरहेको अवस्थामा सोही नगरपालिका– ५ वनगाउँ बस्ने २६ वर्षीय नबिन भाट र सोही ठाउँका २० वर्षीय रोहित सुनारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट एक दशमलव ९४ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै