Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

२७ असोज , काठमाडौं । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत मोतिहारी जिल्ला बलहीका ३५ वर्षीय रमेश माझीको साथबाट साढे ३ किलो, हरिन्द्र माझीको साथबाट ४ किलो र दिलिप माझीको साथबाट ५ किलो गरि साढे १२ किलो गाँजा वरामद भएको हो । उनीहरूलाई मनहरी गाउँपालिका–८ सिमपानीबाट प्रहरीले पक्राउ गरेको हो ।

बागमति प्रदेश ०३–००१च १३१८ नम्बरको गाडीमा राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको तीनैजनालाई पक्राउ गरी अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै