खेलकुद - - Page 62
Comments Add Comment

खेलकुद

List Grid
नेपाल ‘ए’ टीमले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै

१५ चैत , काठमाडौ । आयरल्यान्ड ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज खेल्दैछ । उक्त खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । नेपाल ‘ए’ टीमको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच ३ टी–२० र ३ एक दिवसीय खेल हुनेछ।
आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग भएका दुवै खेलमा पराजित भएको थियो ।

विश्वकपमा छनोटमा नेपालले आज बहराइनसँग खेल्दै

८ चैत , काठमाडौ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात (१२:४५ ) बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ ।
आज हुने खेल खेल नेपालको होम म्याच रुपमा हुनेछ । किनभने होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकोले नेपालले होम म्याच …

क्रिकेटर सन्दीप लामिछानेलाई देखिएको लाइपोमा कस्तो रोग हो ?

९ फागुन , काठमाडौ । क्रिकेटर सन्दीप लामिछानको दोस्रोपटक शल्यक्रिया गरिएको छ । गत बैशाखमा पहिलोपटक लाइपोमाको शल्यक्रिया गरेका उनको सोमबार साँझ दोस्रो पटक गरिएको हो ।
काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको बताइएको छ । शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको स्रोतले जानकारी दिएको छ ।
पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन्। अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन् । जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ ।
के हो लाइपोमा ?
लाइपोमा गोलाकार वा अण्डाकार आकारको तन्तु हो, जुन छाला …

क्यानडाविरुद्ध रोहितले थापेको ‘दाउ’

२६ माघ , काठमाडौ । निकोलस कीर्तन र पर्गत सिंहले यसरी ब्याटिङ गरिरहेका थिए की नेपालको खेलमा फर्किने सम्भावना क्रमशः कमजोर बन्दै थियो ।
आशा गरिएका तीन स्पीनर सूर्य तामाङ, ललित राजवंशी र पवन सर्राफले विकेट लिन सकिरहेका थिएनन्। त्रिवि क्रिकेट मैदानमा क्यानडा १९ ओभरमा केवल दुई विकेट गुमाएर १ सय १३ रनमा खेल्दै थियो। कीर्तन र पर्गतबीच ७८ रनको साझेदारी भइसकेको थियो।
यो अवस्थामा नेपालका कप्तान रोहित पौडेलले आफै बलिङ गर्ने निर्णय लिए। यो उनको पहिलो ओभर थियो। सुरुका दुई बलमा रन नदिएका उनले तेस्रो बलमा एक रन दिए भने चौथो …

९ ओभरमा ४८ रन जोडेको नेपालले पहिलो विकेट गुमायो

२५ माघ , काठमाडौ । क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
९ ओभरको खेल सकिँदा ४८ रन जोडेको नेपालका ओपनर आसिफ सेख ८ रनमा आउट भए । उनले अर्का ओपनर कुशल भुर्तेललाई राम्रो साथ दिइरहेका थिए ।
भुर्तेलले ३१ बलमा ३६ रन बनाएर खेलिरहेका छन् । तेस्रो नम्बरमा कप्तान रोहित पौडेल आएका छन् ।

साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

२३ माघ, काठमाडौ । साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लिगको अन्तिम खेलमा भारतको सामना गर्दैछ ।
खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । शीर्ष दुईमा रहेर फाइनल खेल्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
पराजित वा बराबरी भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । घरेलु टोली बंगलादेश भने फाइनलमा पुगिसकेको छ ।

पढाइका लागि स्पोन्सरसीप खोज्दा गौशाला २६ को जबरजस्ती करणी

१८ माघ, काठमाडौ ।  चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणी कसुरमा दोषी ठहर गर्नुको आधार र कारणसहितको फैसलाको पूर्णपाठ काठमाडौँ जिल्ला अदालतले सार्वजनिक गरेको छ । माघ १२ गते नै प्रमाणीकरण भएको सो फैसलामा जहेरीवालीको उमेर विवादका सम्बन्धमा पनि व्याख्या गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको भए पनि असमान हैसियतमा करणी गरेकाले त्यो जबरजस्ती करणी भएको ठहर हुने फैसला सुनाएका थिए । उमेरका आधारमा प्रतिवादीको दायित्वमा फरक पर्न सक्ने भएकाले जन्मका आधार नै उमेर कायम गर्नुपर्ने पनि फैसलामा उल्लेख …

अपराजित पुलिसको आठौँ जित, कर्णाली १०३ रनले पराजित

१७ माघ, काठमाडौ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमाथि १०३ रनको फराकिलो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ३८ ओभरमा सबै विकेट गुमाएर २४५ रन बनाएको थियो ।
मौसमका कारण ३८ ओभरमा छोट्टाइएको खेलमा पुलिसका आरिफ सेखले ७६ रन बनाए । ओपनर कुसल भुर्तेलले ४८ रन बनाउँदा करन केसीले आक्रामक अर्धशतक पूरा गरे । उनले २७ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ५७ रन बनाए ।
लुम्बिनीका नर सार्कीले ४ विकेट लिँदा बिर मगरले ३ र कृष्ण कार्की र अभिषेक गौतमले समान …

‘सुपर सिक्स’ चरणमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश र भारत

१५ माघ , काठमाडौ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुगेको नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । ‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेशबिचको खेल आगामी बुधबार खेलिनेछ ।
यसैगरी ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार अर्को टेस्ट राष्ट्र भारतसँग खेल्नेछ । समूहगत चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको हो । समूह ‘डी’ मा तीनवटै खेल जितेको पाकिस्तान ६ अङ्कसहित पहिलो, दुई खेल जितेको न्युजिल्यान्ड चार अङ्कसहित दोस्रो र एक खेल जितेको नेपाल दुई अङ्कसहित तेस्रो …