- Home
- Showing Post From:-राजनीति
राजनीति
नेपाली कांग्रेसको सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्गीले आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। ‘नेपाली कांग्रेसको सभापतिको लागि आफूलाई योग्य जस्तो सम्झिएर मैले उम्मेदवारी घोषणा गरेको छु,’ खड्गीले भने।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि रहेका खड्गीले आफूले ४० वर्षअघि नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट यात्रा सुरु गरेको र त्यसयता निरन्तर नेपाली कांग्रेसको कार्यकर्ताका रूपमा सक्रिय रहेको बताए।
उनले देशमा लोकतन्त्र स्थापना र विधिको शासन लागू गर्न आफू निरन्तर सक्रिय रहेको दाबी गर्दै सभापतिमा उम्मेदवारी …
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटनको तयारी तीव्र पारिएको कांग्रेसले जनाएको छ ।
शुक्रबार, कांग्रेस प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी बारे जानकारी दिएका छन् ।
महाधिवेशनमा सहभागी हुन विदेशबाट पनि जनसंगठनका प्रतिनिधिहरू काठमाडौं आउँदै गरेका प्रवक्ता चालिसेले बताए । पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटनका लागि बोलाइएको प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । देउवा भने आफ्नो समुहको अलग्गै महाधिवेशनको प्रक्रियामा अगाडी बढेका छन ।
त्यस्तै महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका नेताहरू पनि सहभागी हुदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा …
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने नोटबन्दी गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विगतमा भ्रष्टाचार गरेको पैसाले अहिले चलखेलको प्रयास गरिएको भन्दै एक हजार र पाँचसयका नोट बन्द गरेर नयाँ नोट छाप्न आग्रह गरेका हुन् ।
उनले भने-‘३५ बर्ष देखि यो देश लुटेकाहरुले राखेको कालोधनका कारण आज उनीहरुले आज शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिदैछ । हामीलाई थाहा छ यो पैसा कालोधन हो, यो देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरुले विभिन्न …
काठमाडौं, — गणेश पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी) को घर नजिकै रहेको पुरानो नर्सरी बगैंचाको साइडमा शंकास्पद वस्तु फेला परेको छ।
स्थानीयले जानकारी दिएपछि उक्त स्थानमा सुरक्षा निकाय परिचालन गरिएको थियो। शंकास्पद वस्तुलाई सशस्त्र प्रहरी तथा नेपाली सेनाको डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।
डिस्पोज गरिएको वस्तुमा धुलो र बालुवा मिसिएको सामग्री तारले कभर गरेर राखिएको अवस्थामा भेटिएको सेनाले प्रारम्भिक जानकारी दिएको छ। उक्त वस्तु विस्फोटक पदार्थ थियो वा थिएन भन्नेबारे प्राविधिक परीक्षणपछि मात्र स्पष्ट हुने बताइएको छ।
घटनाबारे कसले र किन उक्त वस्तु राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको नेपाल …
काठमाडौं क्षेत्र नम्बर ६ मा चुनावी आचार संहिता उल्लङ्घन भएको भन्दै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा शुभचिन्तकहरूविरुद्ध आरोप उठेको छ।
प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केही सम्बद्ध व्यक्तिहरूले आचार संहिता विपरीत गतिविधि गरेको दाबी गरिएको छ।
नेपाल सरकार अन्तर्गतको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा वडा सदस्य निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि, फेसबुकमा ‘किशोर भण्डारी’ नामक पेजमार्फत सार्वजनिक रूपमा मत माग्दै आचार संहिता उल्लङ्घन गरेको आरोप लागेको छ।
निर्वाचन आचार संहिताले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई निर्वाचन अवधिमा निश्चित मर्यादा पालना गर्न निर्देशन दिएको छ।
यसैगरी, …
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. ७ मा चुनावी माहोल तात्दै गएको छ।
कुल ६७ हजार ४११ मतदाता रहेको यस क्षेत्रमा करिब ६० देखि ७० प्रतिशत मतदान हुने अनुमान गरिएको छ। यसअनुसार झर्ने मत संख्या ४० हजारदेखि ४७ हजार को हाराहारीमा रहने देखिन्छ।
चुनावी मैदानमा प्रमुख दल तथा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतदातामाझ परिवर्तन, विकास, सुशासन र स्थायित्वका एजेन्डा लिएर उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय रहेका छन्।
घण्टी चुनाव चिह्नबाट उम्मेदवारी दिएका गणेश पराजुली यस क्षेत्रमा अग्रस्थानमा रहने स्थानीय स्तरको प्रारम्भिक आँकलन गरिएको छ। फिल्डमा देखिएको जनसमर्थनका आधारमा पराजुलीले करिब ११ हजारदेखि …
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनले तारकेश्वर नगरपालिकालाई ५९.२९ अंकमा सीमित गरेको छ।
एक वर्षअघिसम्म ८५ अंक पार गरी ‘उत्कृष्ट’ सूचीमा रहेको नगरपालिकाको यो गिरावटले नेतृत्व, प्रशासन र राजनीतिक प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख कृष्णहरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटीको नेतृत्वमा रहेको तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मा ८७.५ अंक र वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा ८६.५ अंक हासिल गरेको थियो।
तर आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा नगरको समग्र कार्यसम्पादन ५९.२९ अंकमा झरेको छ—जुन झण्डै …
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं निर्वाचन क्षेत्र नं.–६ अन्तर्गत तारकेश्वर नगरपालिका वडा नं.–७ मा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ।
निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमार्फत मतदाता भेटघाट, जनसम्पर्क कार्यक्रम तथा संगठन विस्तारका विभिन्न गतिविधि सञ्चालन गरिने बताइएको छ।
कार्यालय स्थापना कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार क. हिमाल शर्मालाई विजयी गराउन सबै कार्यकर्ताहरू एकताबद्ध भएर सक्रिय रूपमा चुनावी अभियानमा जुट्नुपर्नेमा जोड दिएका थिए।
साथै क्षेत्रको समग्र विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै चुनावी अभियान …
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र–६ का लागि नेपाली कम्युनिस्ट पार्टी (तारा चिन्ह) का उम्मेदवार हिमाल शर्माले तारकेश्वर नगरपालिका वडा नं. १ मा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ।
स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा कार्यालय उद्घाटनसँगै चुनावी अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शर्माले जनताको आधारभूत आवश्यकता— स्वच्छ खानेपानी, व्यवस्थित सडक, रोजगारीका अवसर, गुणस्तरीय शिक्षा, प्रभावकारी फोहोर व्यवस्थापन, बफर जोनको समस्या समाधान, अवैध जग्गा प्लटिङको रोकथाम तथा अत्याधुनिक सोलार सडकबत्ती जडान —लाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।
उनले भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने, पारदर्शी र …









