Comments Add Comment

रमित ढुंगानाले गरे बाल आश्रमलाई सहयोग

१२ जेठ ,काठमाडौ । अभिनेता रमित ढुंगानाले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ ले सञ्चालन गर्दै आएको बाल आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

कोरोनाको महामारीको समय फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको खाद्यान्नका लागि भन्दै उनले नगद १ लाख सहयोग गरेका हुन् । रमितले उक्त सहयोग फाउण्डेसनकी सञ्चालक श्वेता केसीलाई फाउण्डेशनको कार्यालयमै पुगेर दिएका हुन् ।

केसीले विगत १३ वर्षदेखि फाउन्डेसनमार्फत एक बाल आश्रम चलाउँदै आएकी छन् । जसमा अहिले २५ जना अनाथ बालबालिकाहरु आश्रित रहेका छन् ।

निषेधाज्ञा जारी हुनु केही अगाडि मात्र अमेरिकाबाट नेपाल आएका रमितले केही दिन अगाडि पनि अभिनेता दिलीप रायमाझीसँग मिलेर मोरङको पथ्री–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय परिवारलाई खाद्यान्न वितरण गरेका थिए । ‘महामारीको समयमा बाँचौं र बचाऔं’ भन्ने उद्देश्यले आफुले सहयोगी हात बढाउँदै आएको रमित बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै