Comments Add Comment

Advertisment

SKIP THIS

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जज दीप संक्रमण भएपछि ह्याम्स अस्पतालमा भर्ना

१४ जेठ , काठमाडौ । गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् ।

शोका होस्ट सुशील नेपालका अनुसार दीप स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । भर्ना भएपछिको कोरोना टेस्टमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

यसअघि शोका जज प्रमोद खरेललाई पनि कोरोना संक्रमण देखिएको थियो । तर उनी कोरोनामुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै