२५ वैशाख, काठमाडौं । हाल देशैभरी को विरामीको चाप अत्यधिक रुपमा बढ्नुका साथै उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिण्डरको अभाव समेत देखिएको छ ।
यसै बिच अक्सिजन उत्पादक कम्पनीहरुमा सरकारले निगरानी बढाएको छ । अक्सिजन कम्पनीमै पुगेर नेपाल सरकारका गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीसहितको टोलीले निगरानी गरेका हुन् ।
आज ललितपुरमा संचालित अक्सिजन उत्पादक कम्पनीमा गृह सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले छड्के निगरानी गरेका हुन् । उनीहरुले सुरक्षा व्यवस्थ र कम्पनीको अक्सिजन उत्पादन बुझेका थिए । पछिल्लो समय अक्सिजन सिलिन्डर लुकाउने देखि कालोबजारी सम्मको विषय बाहिर आएपछि सरकारले निगरानी बढाएको हो ।
अक्सिजन उत्पादक कम्पनीहरुमा प्रहरी सुरक्षा कडा पारिएको ललितपुर प्रहरी परिसरकी प्रमुख किरण बज्राचार्यले बताइन् । अक्सिजन आपूर्तिबारे सरकारले तथ्यांकसहित निगरानी राखेको छ ।
अक्सिजनको थप मागको परिपुर्ती गरी आवश्यक मात्रामा अस्पतालहरूलाई उपलब्ध गराउने उद्देश्यका साथ गृह सचिव महेश्वर न्यौपानेज्यूको नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रमुखज्यूहरू तथा महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख सहितको टोलीले आज ललितपुरमा रहेका अक्सिजन उत्पादन प्लाण्टहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।
यो विषम परिस्थीतीमा पुर्ण क्षमतामा अक्सिजन उत्पादन गरी जिल्लामा बिभिन्न स्थानमा को रुपमा प्रयोग विहिन अवस्थामा रहेका अक्सिजन सिलिण्डरहरू संकलन गरी आपूर्ति व्यवस्थापनमा सहजताको लागी यस संग सम्बन्धित उद्योगी व्यवसायीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।