४ जेठ, काठमाडौ । तारकेश्वर नगरपालिकामा पनि थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तारकेश्वरमा कोरोना संक्रमितको संख्या तीन हजार २ सय ५० जना पुगेको छ । तारकेश्वर नगर स्वास्थ्यका अनुसार आज थप ४७ जना पुरुष र ३९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबिस घण्टामा तारकेश्वरमा नगरपालिकामा ४ जनाको मृत्यु भएको छ । यो सगैं मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको छ ।

यस्तै पछिल्लो चौबिस घण्टामा १५ जना कोरोना निको भएका छन । योसगैं कोरोनाको दोश्रो चरणमा कोरोना जित्नेको संख्या ५१ जना पुगेको छ ।