
५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ ।




