७ जेठ,काठमाडौ । बिरुभाइ टेडस एण्ड कन्ट्रक्सन प्रा.ली का सन्चालक बिरेन्द्र खत्री ज्यूले क्षेमादेवी सिन्धु युवा सामाजिक अभियान को कोभिड राहत कोषमा रु. १० हजार रुपैया नगद सहयोग गर्नुभएको छ ।

गडी नगरपालिका चौतारा सँगाचोक ९ निवासी हाल अहिले काठमाडौं जिल्ला बस्नु हुने युवा ब्यवसायी बिरु भाई ट्रेडर्स एण्ड कंस्ट्रक्शन प्रा.ली का संचालक श्री बीरेन्द्र खत्री निकै मनकारी र समाजसेवी रुपमा परीचित हुनुभएको छ ।

उहाले यस महामारी फैलिएको कोभिड-१९ मा दिन दुखीमा पर्नु भएका नेपालीलाई सहयोग गदै ज्यानको बाजी लगाएर समाजसेवामा जुट्नु भएको छ । सन्चालक बिरेन्द्र खत्रीका अनुसार सबै समाजमा सक्ने नेपालीले सहयोगको भावना गर्दिने हो कुनै नेपाली भोको पेट मर्नु पर्दैन । नेपालमा धेरै व्यक्ती कमाउने र आफु मात्र रमाउन चाहानेहरुलाई उहाले चुनौती दिदै समाजसेवाको काम आगाडी बढाउनु भएको छ ।

उहाले आफुले सेवा मात्र नभई अहिले यो विश्वव्यपी कोरोनाको माहामारीमा समेत १५० जना मानिसलाई रोजगार दिन सफल हुनुभएको छ ।