Comments Add Comment

Advertisment

SKIP THIS

कपनमा भएको निरा पाण्डेको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ

काठमाडौं।कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झापाबाट विनोद विकलाई पक्राउ गरेको छ ।

एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकारात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।

८वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो ।

उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।

यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै