
२४ जेठ , काठमाडौ । जर्मनी जर्मनी यू-२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ ।

आइतबार राति भएको उपाधि भिडन्तमा पोर्चुगललाई १-० ले हराउँदै जर्मनी च्याम्पियन बनेको हो ।

जर्मनीको जितमा लुकास नेमेचाले ४९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यो सँगै जर्मनी तेस्रो पटक यू-२१ को युरो च्याम्पियन बनेको छ । तेस्रो पटक फाईनल खेलेको पोर्चुगल यसपटक पनि उपबिजेतामै सीमित बन्यो ।








