Comments Add Comment

Advertisment

SKIP THIS

बजारमा सुनको मूल्य लगातार घट्दै

४ असार, काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ ।

शुक्रबार पनि सुन तोलाको १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । घटेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि तोलामा ११ सय रुपैयाँले घटेको सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य