२१ असार ,काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजि दिवेश लोहनीले गण्डकी प्रदेशको ट्राफिक अवस्था बारे जानकारी लिदै गण्डकी प्रदेशका जिल्लामा ट्राफिक व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजि लोहनीले ट्राफिक प्रहरीले यात्रु तथा चालक सँग मैत्रीपूर्ण व्यवहार प्रस्तुत गर्न निर्देशन दिए ।
बोली,बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नुपर्ने समेत बताए ।
सडकमा हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमा Zero Tolerance को नीति अबलम्बन गर्न निर्देशन दिदै लोभ, लाभबाट टाढा रहनु भन्दै कुनै पनि कमि कमजोरीलाई पनि आफुले Excuse गर्न नसक्ने, कारवाही गर्ने र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने बताए ।
गण्डकी प्रदेशका प्रायः जिल्ला इन्चार्जहरुको सहभागीतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजि लोहनीले नागरिक प्रहरी सहकार्य थप प्रभावकारी बनाउन निर्देशन दिए । सो अवसरमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीमा कम्पाउण्ड भित्र रुद्राक्षको वृक्षारोपण गरी कार्यालयको निरीक्षण समेत गरेको एसपी प्रभु ढकालले जानकारी दिए ।