२८ आषाढ ,काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन्
“सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु”, उनले फेसबुकमा लेखेका छन्, “बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यसाथ अघि बढ्न आह्वान गर्दछु ।”