२८ आषाढ ,काठमाडौ । क्रियाशील सदस्यताको विवादलाई लिएर नेपाली कांग्रेसको मुख्यालय सानेपामा जारी धर्नामा कांग्रेस नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन् ।
क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै बाराका नेता तथा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यलय सानेपामा गरेको धर्नामा कोइरालाले ऐक्यवद्धता जनाएका हुन् ।
कांग्रेस बाराका नेता कार्यकर्ताको धर्नाबारे बुझ्न र नेता कार्यकर्ताहरुको गुनासो सुन्न कोइराला सोमबार दिउँसो पार्टी मुख्यालय सानेपा पुगेका थिए ।
कोइरालाका साथै कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस केन्द्रीय कार्यलयका पूर्व मुख्य सचिवहरु शोभाकर पराजुली र ऋषिकेश तिवारी सानेपा पुगेका थिए ।
सबै कुरा सुनिसकेपछि कोइरालाले पार्टीको विधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुँने बताए ।