Comments Add Comment

Advertisment

SKIP THIS

के हुदै छ यहा : आखिर किन सुरु भएन शपथ कार्यक्रम ?

२९ आषाढ ,काठमाडौ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि शपथ ग्रहण कार्यक्रम अझै सुरु हुन सकेको छैन ।

काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् । उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ ९५० अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै