Comments Add Comment

Advertisment

SKIP THIS

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने चार जनालाई प्रहरीले पक्राउ

२३ साउन , काठमाडौ । खसीको मासु भन्दै बाख्राको मासु बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी खसीबजारबाट चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले भारत विहारका ६७ वर्षीय गुलामरसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीलाई पक्राउ गरेको हो।

गुलामरसोलले जिउँदो खसी बेच्न राखेको पसलमा बाख्राको मासु बेचेको पाइएको हो। उनीहरूले बाख्राको पहिचान खुल्ने अंगहरू लुकाएर खसीको मासुमा मिसाएर खेच्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले उनीहरूलाई बिक्री वितरण गर्नको लागेको १५ वटा बाख्रा बरामद गरेको छ। साथै दुई वटा बाख्रीको मासु बेच्नको लागि तयारी अवस्थामा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै