२५ साउन ,काठमाडौ । युट्युबर भोजराज थापालाई पछ्याउनुहुन्छ भने पक्कै हेरेको हुनुपर्छ, गत साउन १६ गते उनको च्यानल ‘मेचीकाली खबर’मा अपलोड भएको एउटा भिडियो, जसको शीर्षक यही थियो ।

लाखौँ भ्युज पाएको यो भिडियो युट्युब ट्रेन्डिङको नम्बर ६ सम्म उक्लिएको थियो। राम्रै भ्युज पाइरहेको यो भिडियो भोजराजले अपलोड गरेको भोलिपल्टै हटाए। तैपनि टिकटक, फेसबुकदेखि अन्य युट्युब च्यानलमा भने अझै पनि छ्याप्छ्याप्ति पाइन्छन्, यो भिडियो र यसका क्लिपहरू।

अपलोड गरेको २४ घण्टा नपुग्दै उनी भिडियो हटाउन किन बाध्य भएरुरुरु अलिकति अनुमान त शीर्षक पढेरै पनि गर्न सकिन्छ। तर यसको अन्तर्य बुझ्न भने भिडियो अपलोड भएको दुई दिनअघि फर्कनुपर्छ।
साउन १४ गते भोजराजले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो राखेका छन्, जसको शीर्षक छ– ‘गोविन्दकी १९ वर्षे श्रीमती गर्भपतन गरी बेपत्ता, १७ वर्षे प्रेमीसँग भागेपछि रुँदै श्रीमान् मिडियामा।’
लमजुङका गोविन्द थापाले दुई वर्षअघि आफू २७ वर्षको हुँदा १७ वर्षीया स्मृतिसँग बिहे गरेका थिए। उनीहरूबीच खटपट भइरहेको थियो। स्मृतिले बताएअनुसार गोविन्द उनलाई दिनहुँ यातना दिन्थे। यही क्रममा स्मृतिको सम्बन्ध स्थानीय १७ वर्षिया साजन बसेलसँग झाँगिन सुरु भएको थियो।
त्यस्तैमा केही दिनअघि गोविन्दसँग खटपट भएपछि घरबाट रिसाएर निस्किएकी थिइन्, स्मृति। गर्भवती पनि थिइन्। तर, गोविन्दले स्मृतिलाई घर फर्काउन कुनै चासो राखेनन्।
स्मृतिले बताए अनुसार फोन गर्दा उल्टै ‘घर आउनुपर्दैन’ भनेर थर्काएका थिए। त्यसपछि स्मृति साजनको शरणमा पुगिन्। दुवै गाउँबाट भागे। जब गोविन्दले यो खबर पाए, त्यसपछि स्मृतिको खोजीमा जुटेनन्, बरु युट्युबर भोजराजको शरणमा पुगे।
माथिको शीर्षक, त्यसपछि भोजराजले गोविन्दको ुइन्टरभ्यूु लिएर हालेको बेलाको हो। जहाँ उनी सगर्व भन्छन्, ‘श्रीमती बेपत्ता भएदेखि नै निरन्तर खोजी कार्यमा भौतारिँदै गर्दा गोविन्द यतिबेला सहयोगका लागि हामीमाझ आइपुगेका छन्। दर्शकवृन्द, भिडियोको स्क्रिनमा देखिएका स्मृति थापा र साजन बसेललाई तपाईंले कतै देख्नहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो फोन नम्बर भिडियोको स्क्रिनमा छ, सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।’
उनमा पीडितको गोपनीयताको कुनै पर्वाह नै छैन, भर्खर १७ र १९ वर्ष पुगेका किशोररकिशोरीलाई ‘अपराधी’ करार गर्दै उनीहरूको तस्बिर नै भिडियोमा राखेका छन् भोजराजले।






