Comments Add Comment

Advertisment

SKIP THIS

नौ लाख ८९ हजार लुटपाटको आरोपमा दुई जना पक्राउ

२८ साउन ,काठमाडौ । नौ लाख ८९ हजार लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र २१ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले आज चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो ।

तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका– ३ का पासलाल तामाङसहित उनका चार जना साथीलाई साउन २६ गते दिउँसो २ः ४५ बज नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कुटपिट गर्दै लुटपाट गरेका थिए ।

नक्कली पेस्तोलसमेत देखाइ कुटपिट गरी नगदसहित महत्वपूर्ण कागजात लुटपाट गरी फरार भएका उनीहरूलाई बा ९९ प ३६७२ नंको मोटरसाइकलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनामा प्रयोग भएका थप तीनवटा मोटरसाइकल लुकाइछिपाइ राखेको अवस्थामा चौतारा साँगाचोक गढी नगगरपालिका–४ को ठूलाखेतबाट बरामद गरिएको र पक्राउ परेका दुई जनालाई डाँका चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरिएको बस्नेतले बताए ।

अन्य फरार व्यक्तिको खोजतलास जारी रहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment