Comments Add Comment

Advertisment

SKIP THIS

विद्यालयबाट चोरी भएका कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ

२९ साउन ,काठमाडौ । धनुषाको एक विद्यालयबाट चोरी भएका कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ परेको छ ।

गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका–२ भुचक्रपुरस्थित जन प्रिय माध्यमिक विद्यालयका २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।

चोरी आरोपमा बटेश्वर गाउँपालिका ४ का प्रमोद महतो सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ निवासी रामप्रकाश महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएको कम्प्युटर दश दिनपछि प्रहरीले गोप्य सूचनाको अधारमा प्रमोदको घरबाट बरामद गरेको हो । विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला पारेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

१६ वर्षपछि पक्राउ