Comments Add Comment

Advertisment

SKIP THIS

टस हारेर पहिला बलिङ गर्दै नेपाल

२८ भाद्र काठमाडौ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग– २ मा नेपालले अमेरिकासँगको खेलमा टस हारेर पहिला बलिङको निम्तो पाएको छ ।

ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेपछि नेपाललाई बलिङको निम्तो दिएको हो । सोमबार सुरु भएको यो त्रिकोणीय सिरिजमा अर्को टिम ओमान सहभागी छ । नेपाल र ओमानबीच पहिलो खेल मंगलबार हुनेछ । नेपालले लिग–२ खेल्नुअघि पपुवा न्यूगिनीसँग दुई खेलको ओडीआई सिरिज खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।

नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी घाइते भएर प्रतियोगिताबाट बाहिरिएपछि सोमबार अमेरिकासँगको खेलमा पीएनजीसँगै उत्रिएको नेपाली टिम मैदानमा आएको छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै