
१४ असोज ,काठमाडौ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रसाद गौतम भदौ महिनामा उदयपुर जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।


जिल्ला प्रहरी कार्यालय उदयपुरले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

डीएसपी बेद प्रसाद गौतमले विभागिय मुल्य-मान्यता आदेश- निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै विभिन्न अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी तथा प्रतिबन्धित लागु औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय उदयपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमज्यु लाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल भाद्र “महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको छ ।







