Comments Add Comment

Advertisment

SKIP THIS

पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या

९ चैत , काठमाडौं । भारतको पश्चिम बंगालको एउटा गाउँमा जिउँदै जलाएर आठ जनाको हत्या भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बिरभूम जिल्लाको रामपुरहटस्थित बगुटी गाउँका उपप्रधान भडु शिखको सोमबार राति हत्या भएपछि त्यहाँ हिंसा भड्किएको बताइएको छ । शिख तृणमूल कंग्रेस (टिएमसी)का नेता हुन् । अहिले पश्चिम बंगालमा टिएमसीको सरकार छ ।

टाइम्स अफ इन्डियाका अनुसार उक्त घटनामा आठ जना मारिएका छन् । सात जनाको शव एकै घरबाट फेला परेको छ भने तीन जना घाइते थिए । उनीहरुमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । मारिएकामध्ये दुई जना बच्चाहरू पनि छन् ।

समाचारका अनुसार सोमबार राति एक दर्जन घरमा आगो लगाइएको अग्निनियन्त्रण अधिकारीहरूले बताएका छन् । त्यहाँका चर्चित नेता भएको कारण आक्रोशित कार्यकर्ताले प्रतिपक्षी दलका केही घरमा आगो लगाइदिएको हुनुपर्ने आशंका गरिएको छ ।

प्रतिपक्षी दलले आठ जना मारिएको घटनामा टिएमसी जिम्मेवार भएको आरोप लगाए पनि टिएमसीले त्यसलाई स्वीकारेको छैन । घटनालाई लिएर भारतीय जनता पार्टी (भाजपा)ले त्यहाँ राष्ट्रपति शासन लागू गर्नु पर्नेसमेत माग खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै