Comments Add Comment

Advertisment

SKIP THIS

रूखमा एमाले,भुइँमा एमाले, झुपडीमा एमाले, खम्बामा एमाले’ (तस्वीरहरू)

१७ असोज , काठमाडौ । शुक्रबारदेखि ललितपुरको गोदावारीमा रमिता छ। दशैँ लागेको छ। चहलपहल र भीडभाड छ ।

गोदावरीको शान्त जंगल नै अचम्म परेको छ। यहाँसम्म पुग्ने सडक यदि बोल्न सक्थ्यो भने, भन्थ्यो होला ‘यसरी ह्वात्तै मेरो भारी किन गह्रुंगो भयो ?’

कुरा हो, एमालेको प्रथम विधान महाधिवेशन। सात्दोबाटोबाटै गोदावारीसम्म महाधिवेशनलाई लक्षित गर्दै विभिन्न ध्वजा र झण्डाहरु टाँगिएका छन्। झुन्डाइएका छन्। महाधिवेशन प्रचार समितिका एक नेताका अनुसार सात्दोबाटोदेखि गोदावारीस्थित कार्यक्रमस्थलसम्म करिब ४० वटा गेट बनाइएका छन् । केही गेटहरुलाई अध्यक्ष ओलीको तस्वीरले सजाइएको छ भने केही गेटहरुमा पार्टीका अन्य नेताहरुको तत्स्वीरले श्रृँगारिएको छ।

त्यस्तै दुई हजारभन्दा बढी त ध्वजाहरु मात्र झुण्डाइएका छन् । केही ध्वजा खम्बामा, केही घरका भित्ताहरुमा, केही रुखहरुमा, केही पर्खालहरुमा र केही सडकछेउमा लठ्ठी गाडेर ध्वजा टाँगिएका छन्।

कार्यक्रममा हेर्न पुगेका केही शुभेच्छुकहरुले त यो सम्म भन्न भ्याए, ‘ओहो नी ! भुँइमा एमाले, रुखमा एमाले, भित्तामा एमाले, छाप्रोमा एमाले, पर्खालमा एमाले। एमालेले दशैँ मनाउन सुरु गरेको हो क्या हो !’

गोदावारीस्थित सनराइन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा करिब ६ हजार ३४७ प्रतिनिधिको उपस्थितिमा भव्य तरिकाले एमालेको विधान महाधिवेशन चलिरहेको छ। महाधिवेशनमा अनेरास्ववियू, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघका करिब दुई सय जनाभन्दा बढी स्वयंसेवकले सहयोग गरिरहेका छन्।

महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ। दिउँसोको लागि भने खाजाको प्याकेट प्रबन्ध गरिएको छ। साँझको खाना पनि बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ।

महाधिवेशन नसकिदासम्म कार्यक्रमस्थलसम्म पुग्ने राजमार्ग र आसपासका सडकहरुमा पार्किङको व्यवस्थासहित प्रशस्त ट्राफिकहरुलाई खटाइएको छ।

कार्यक्रमलाई शुक्रबार दिउँसो साढे १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। उद्घाटनपश्चात अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफलसमेत भएको थियो।

विधान महाधिवेशनको कार्यक्रमकै अवसर पारेर माओवादी केन्द्रका ५३२ जना पनि एमाले प्रवेश गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै