
१७ असोज , काठमाडौ । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमालेको सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने चे’तावनी दिएकी छन्। उनले विचारविहीन एमाले निर्वाचनपछि पतनको बाटोतर्फ जाने बताइन्।

‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोकिया बजारबाट हराए जस्तै एमालेको सूर्य नोकिया फोनजस्तै हुनेछ’, झाँक्रीले भनिन्,‘क्रा’न्तिकारी पार्टी ठूला तानाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि स’द्दा’म हु’सेनको शा’सन टिक्ने थियो।’

विश्वका ड’रलाग्दा ता’नाशाह मु’सोलोनीको शासन र अग्ला सालिक समेत ढ’लेकाले केपी ओलीको तामझाम दुईचार दिनमात्रै रहने भन्दै उनले एमालेको विधान भेला पूर्वपञ्चको भेला जस्तै भएको बताइन्।

इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले जनताको विचार र कम्युनिष्ट कार्यदिशा छोडेर हिँड्दा विश्वका अन्य ता’नशाह ढ’लेझैँ केपी ओली पनि बालुवाटारबाट बालकोट पुगेको बताइन् ।‘बा’दशाह र ता’नाशाहले राज्यश’क्ति दो’हन गरेर आर्जन गरेको पैसाले ठूला कद निर्माण गर्ने भएकाले ओलीले पनि राज्यश’क्तिको दो’हन गरी भजनमण्डलीबाट आफ्ना अग्ला फोटा सहरका भित्तामा राख्ने गरेका छन्’, उनले भनिन्, ‘जब विचार राजनीति मूल्य, संस्कार र जनचाहना विपरीत ता’नाशाह हिँड्छन्, उनीहरू इतिहासबाट हराएका गएका छन् ।’

उनले कम्युनिष्ट पार्टी विचार र नीति सि’द्धान्तबाट अघि बढ्नुपर्नेमा एमाले पार्टी विचारविहीन भएकाले वि’द्रोह गरी समाजवादी क्रा’न्तिमा लागेको बताइन्। एउटा सहरबाट अर्को सहर पुग्दा हजारौँ मोटरसाइकल र्या’ली गर्नुपर्ने, स्तुति र अबीरजात्रा गर्नुपर्ने ओलीको तमासा राज्यसत्ता दो’हन गरेर जम्मा भएका पैसा हुन्जेल मात्र रहने उनले बताइन् ।

‘२०४५ सालतिर पञ्चले पनि अहिलेका ओलीको जस्तै र्या’ली गरे पनि पञ्चायती शा’सन टिकेन’, उनले भनिन्, ‘२०६२र६३ मा पनि राजा ज्ञानेन्द्रले प्रायोजित रूपमा गरिएका अभिनन्दनले उनले शासन, सत्ता मात्रै गुमाएनन्, राजतन्त्र नै ढलेकाले अब ओलीको तामझाम केही दिन मात्रै देखिन्छ ।’
नक्कली र प्रायोजित लोकप्रियताको बाटोमा खड्गप्रसाद ओली हिँडेकाले अब धेरै दिन टिक्न नसक्ने धारणा राखिन् ।‘ओलीसँग अहिले उनका भजनमण्डली र चाकर मात्रै हिँड्दै छन्। खड्गप्रसाद ओलीका नजरमा कम्युनिष्ट पार्टीभित्र क’मरेड होइन दु’श्मन र चाकर छन् ।








