
१८ असोज , काठमाडौ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोकले काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई कसरी सुदृढ बनाउने भन्ने विषयलाई नै केन्द्रमा राखेर योजना बनाएर अगाडि बढिरहेको बताउँछन् ।


अहिले कायम रहेको शान्ति सुरक्षालाई थप मजबुद बनाउन थप प्रहरी र साधन स्रोतको परिचालन गर्नुका साथै नतिजा हासिल गर्ने काममा ध्यान एसएसपी सिंहको ध्यान केन्द्रित छ । महानगरीय प्रहरी परिसर काठमाण्डौ मातहत प्रहरी वृत्त भएको जनशक्तिको व्यवस्थित र योजनाबद्ध परिचालन गरेर अपराध हुन सक्ने सम्भावित ठाउँहरूमा कडा सुरक्षाको व्यवस्था गरेर अपराधिक क्रियाकलापको सम्भावना बोकेका व्यक्तिहरूको कडा निगरानी गरेका एसएसपी सिंहले वताए ।

उपत्यकाभित्र पछिल्लो समयमा व्यापक प्रहरी परिचालन भएका कारण ठूला अपराधको घटना घटेका छैनन् र घट्ने सम्भावना कम रहेको प्रहरीको बुझाई छ ।

हिन्दु धर्मवलम्बीहरुको महान चाड दशैंलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसर टेकुले ३ हजार ३ सय प्रहरी परिचालन गरेको एसएसपी अशोक सिंहले बताए । दशैंमा हुन सक्ने अपराध पाकेटमारी, जुवातास, ठगीजस्ता अपराधलाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना लागू गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए ।

खास गरेर दशैंमा सबैभन्दा बढी हुने घटना भनेको सवारी दुर्घटना हो । त्यसपछि कर्तव्य ज्यान, कुटपिट, झैं–झगडा, जुवातास, लागूऔषधसम्बन्धी अपराध बढी हुने गरेको र ती सबैलाई रोक्नका लागि परिसरले मोबाइल, पिकेट र योजनाअनुसार नियमित चेकिङको व्यवस्था गरेका छन् । त्यसमा भिगरस र सरप्राइज चेकिङ पनि छ । पैदल गस्ती, मोटरसाइकलमा क्यूआरटी, साइकल गस्ती र सादा पोशाकमा प्रहरी परिचालन पनि गरिसकेका बताए ।

दशैं, तिहार तथा छठ मनाउने क्रममा पटाकाको निकासी, प्रज्ज्वलनशील र विस्फोटक पदार्थबाट बच्चा र ठूला मानिसहरु घाइते हुनसक्ने, पटाकाबाट आगलागी हुनसक्ने र धनजनको क्षति हुनसक्ने पनि परिसरले जनाएको छ । परिसरले चाडबाडका बेला हुने गुण्डागर्दी, कालोबजारी, चोरी, लुटपाट, डकैती, पटाकालगायत विस्फोटक पदार्थको प्रयोग, अवैध मदिराको उत्पादन, बेचबिखन, ओसारपसरा र अस्वाभाविक सेवन, लागूऔषध खरिदविक्री, जुवा तथा आपराधिक गतिविधिहरु नियन्त्रण गर्नुपर्ने योजना बनाएको छ ।
एसएसपी सिंहका अनुसार चाडबाडको बेलामा सुरक्षा योजना बमोजिक ३ हजार ३ सय २ जना जनशक्ति खटाइने छ । जसमा परिसर मातहतमा रहेको निकायलाई १४ वटा स्थानमा सुरक्षाको जिम्मा दिइएको छ । जसमा डीएसपीको कमाण्डमा ७ जनाको प्रहरी संख्या रहेको हुनेछ, जसले आफ्नो इलाकामा कुनै पनि अवान्छित क्रियाकलाप गर्ने गराउनेलाई तत्काल पक्राउ गरी कारबाही गर्नेछ ।

यस्तै, २४ स्थानमा मोबाइल टोली पनि खटिनेछ । परिसरकै मातहतमा बिहानदेखि बेलुकासम्म ९० स्थानमा पिकेट ड्युटी परिचालन हुने भएको छ । क्युआरटी मोसा टोली ७६ वटा, सील सर्च लगायत ३६ स्थान, क्युआरटी १४ वटा, सामुदायिक प्रहरी साझेदारी अन्तर्गत पर्चा पम्लेट माइकिङ ३५ स्थानमा गरिने भएको छ ।
सादा पोसाकका प्रहरी ३८ स्थानमा खटिनेछन् भने बिहानदेखि बेलुकासम्म २१ स्थानमा चेकप्वाइन्ट रहनेछ । हेल्प डेक्स ११, टिकट काउन्टर ११, एम्बुसिङ र निगरानी २२ स्थानमा र अनुगमन ड्युटी ४ वटा हुने भएको छ ।

तथ्यपूर्ण सूचना संकलन, विश्लेषण तथा मूल्यांकन गरी कारबाही गर्ने योजना बनाएका छौं,’ एसएसपी सिंहले भने, ‘सूचनाको विश्लेषण गरी स्नेचिङ, चोर, डकैती, अपहरण, लुटपाट, गुण्डागर्दी, हत्या, विस्फोटन, गोली प्रहार, तोडफोड लगायतका घटनाहरु हुन नदिने र प्रतिकूल परिस्थितिमा सम्भावित क्षति हुन नदिन अग्रिम शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिनेछौं



