Comments Add Comment

Advertisment

SKIP THIS

शेयर बजारमा आज पनि अच्चम : नेप्से परिसूचक ओरालो नै ओरालो

१८ असोज , काठमाडौ । साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो ।

सोमबार नेप्से परिसूचक ६.६८ प्रतिशतले घटेर २ हजार ५ सय ७० दशमलव ८१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ यन्डेक्स पनि १.२८ प्रतिशतले घटेको छ ।

कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन । ४८ हजार २३६ वटा कारोबार हुँदा ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment