
२४ असोज , काठमाडौ । कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ।

नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले न्युज24ग्यालेक्सीलाई जानकारी दिए ।

उनले भने,‘ दसैँमा घर लिप्ने सेतो (कमेरो माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा पारीतिर दुर्घटना भएको रहेछ । डुंगामा ७ जना सवार थिए । १ जना बाहेक अरु सबै सकुशल छन्।’ उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ ।






