Comments Add Comment

ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

२७ असोज , काठमाडौ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ तारलमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा चालक डिलाशैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

योगेशको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा मृत्यु भएको हो। मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् ।

डिलाशैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट ट्रयाक्टर मंगलबार राति करिब १ बजे सडकबाट ५० मिटर तल खसेको हो। ट्रयाक्टरमा सवार रहेका डिलाशैनी–३ का राकेश कोली सामान्य घाइते छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै