
१२ कार्तिक, काठमाडौ । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ ।



