Comments Add Comment

Advertisment

SKIP THIS

तेह्रथुममा एक महिला बलात्कृत

२१ कात्तिक , काठमाडौ । तेह्रथुममा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना ५४ वर्षीय पुरुष पक्राउ परेका छन् ।

४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेन्छयायेम गाउँपालिका-६ बस्ने खजेन्द्र बहादुर दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दमाईले ती महिलालाई बिहीबार दिउँसो घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मोराहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै