Comments Add Comment

Advertisment

SKIP THIS

यस वर्षको तिहारमा २१ लाख माला खपत

२२ कात्तिक , काठमाडौ । यस वर्षको तिहारमा २१ लाख माला खपत भएको छ ।

तिहारको पाँच दिनमा १८ लाख ६५ हजार फूलको माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अनुमान थियो । अनुमानभन्दा बढी फूलको कारोबार भएको छ ।

तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला, ३ लाख ५ हजार मखमलीको माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ ।

सयपत्री फूलको माला ६० देखि ८० सम्म र मखमली फूलको माला ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म कारोबार हुँदा १५ करोड रुपैयाँको कारोबार भएको फ्यानले जनाएको छ ।

अघिल्लो वर्ष तिहारमा कारण १६ लाख मालाको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै