Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसीबारे चीन र भारतले भ्रम छरे, यसले नेपालको विकास हुन्छ: डा‍. बाबुराम भट्टराई

२३ कात्तिक , काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी बारे चीन र भारतले भ्रम छरेको आरोप लगाएका छन् ।

भट्टराईले एमसीसीले देशको विकासमा उल्लेख्य योगदान दिने बताए । जनता समाजवादी पार्टीको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखा पुगेका भट्टराईले स्थानीयबासीसँग कुराकानी गर्दै नेपालको विकास नचाहने तत्वले एमसीसीबारे भ्रम छरेको बताए।

गोरखा गण्डकी गाउँपालिकाका ३ र ८ नम्बर वडा लगायतका जनताले एमसीसीबारे पनि भट्टराईलाई जिज्ञासा राखे । संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवालरजवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकी गाउँपालिकाका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो रु भनेर सोधे ।

जवाफमा उनले भने, ’एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छरु हामी चुप लागेर बस्दैनौँ नि। अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौँ ।

पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन। अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment