Comments Add Comment

Advertisment

SKIP THIS

असोज महिनाको उत्कृष्ट उदयपुर जिल्लाका प्रहरी निरीक्षक छे फिन्जो भोटे

२९ कात्तिक , काठमाडौ । उदयपुरको चौदण्डीगढी स्थित इलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी निरीक्षक छे फिन्जो भोटे सम्मानित भएका छन् ।

विभागिय मूल्य–मान्यता, आदेश, निर्देशनको पालना गर्दै उच्च मनोवलकासाथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक भोटेलाई असोज महिनाको उत्कृष्ट प्रहरीबाट सम्मानित गरिएको हो । अपराध अनुसन्धान क्षेत्रमा विशेष योगदान पु¥याएको निरीक्षक भोटेको सम्मानित कदर पत्रमा उल्लेख गरिएको छ ।

उनी कार्यरत क्षेत्रमा जघन्य अपराधका घटनाहरु, चोरी पैठारी, प्रतिवन्धीत लागुऔषध कारोवारमा संलग्न लगायत विभिन्न अपराधिक गतिविधीमा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउँन सफल र सक्षम भूमिका निर्वाह गरको भन्दै उनको प्रशंसा गरिएको छ ।

कोरोना महामारीको समयमा जनचेतनासँगै सर्वसाधारणलाइ मास्क वितरण गर्दै निरीक्षक भोटे
प्रशंसा पत्रमा लेखिएको छ, ‘प्रहरी निरीक्षक भोटेको काम कारबाहीले सो क्षेत्रको सर्वसाधारण आम नागरिकमा सुरक्षाको अनुभूति हुनेगरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाएर प्रशंसनीय कार्य गरेकोले ०७८ असोज ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ ।’

आफ्नो कर्तव्य बाहेकका अन्य सामाजिक क्रियाकलापमासमेत उत्तिकै जिम्मेवार रहने गर्दछन् निरीक्षक भोटे । उनी कोरोना महामारीलाई नियन्त्रणमासमेत अब्बल मानिएका निरीक्षक भोटे समयमा जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरेर कोरोना नियन्त्रणमा उनको विशेष भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै