Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ कपनको एक कोठाबाट महिलासहित पाँचजना पक्राउ

२ मंसिर, काठमाडौ । राजधानीमै नेपाली नक्कली नोटको छपाइ र कारोबार हुने गरेको पाइएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बुधबार नक्कली नोट बनाउने मेसिन र नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती-८ घर भई काठमाडौं गोकर्णेश्वर-६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापा मगर, रामेछाप सिरुवारी-२ घर भई बूढानीलकण्ठ-११ कपन बस्ने २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु-२ घर भई बूढानीलकण्ठ(१० मिलनचोक बस्ने १९ वर्षीय चिरञ्जीवी जोती र २३ वर्षीय सुजन जोती छन् ।

गोकर्णेश्वर–७ दक्षिणढोका क्षेत्रमा केही व्यक्तिले नक्कली नोटबाट सामान किन्न लागेको सूचनाका आधारमा वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठको टोलीले अनुसन्धान गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । काठमाडौंका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार श्रेष्ठको साथबाट १०० रुपैयाँको नक्कली नोट फेला पर्‍यो । अनुसन्धान गर्दै जाँदा श्रेष्ठले नक्कली नोट पुष्पा थापा मगरबाट लिएको भन्ने खुल्न आएको र उनको बूढानीलकण्ठ–११, कपनस्थित कोठामा ५०० रुपैयाँ र १००० रुपैयाँको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानकै क्रममा पुष्पाका छोरा समरोज थापा मगरले कोठामा नक्कली नोटहरु छाप्ने गरेको खुलेको छ । उक्त कोठामा तयारी गरी राखेको अवस्थाको १०० रुपैयाँ दरको नक्कली नोटहरु र नोट बनाउन प्रयोग हुने १०० रुपैयाँ दरको रंगीन प्रिन्ट कागजहरु फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यसमा चिरञ्जीवी जोती र सुजन जोतीको समेत संलग्नता देखिएको छ ।

उनीहरुको साथबाट प्रहरीले सक्कलीजस्तो देखिने रकम ६५ हजार ३३५ रुपैयाँ, नक्कलीजस्तो देखिने तयारी अवस्थाको १०० रुपैयाँ दरको नोट १६६ थान, नक्कलीजस्तो देखिने तयारी अवस्थाको १००० रुपैयाँ दरको नोट ३६ थान, नोट बनाउन प्रिन्ट गरी काटेर राखेको अगाडिको भाग मात्रको १००० रुपैयाँ दरको ११६ थान र पछाडिको भागको ९२ थान कागज बरामद गरेको छ । उनीहरुले दुई महिनादेखि नक्कली नोट छाप्न थालेको प्रहरीसँगको बयानमा बताएका छन् । साथै हालसम्म १०० रुपैयाँ दरका १५ सय थान नक्कली नोट बौद्ध(जोरपाटी क्षेत्रमा पठाएको आरोपितहरुले बताएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै