
२ मंसिर, काठमाडौ । नेकपा एमालेको आसन्न १०औं महाधिवेशनका लागि विद्यार्थी विशेष जिल्ला कमिटीबाट ६ जना प्रतिनिधि चयन भएका छन् ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विद्यार्थी विशेष कमिटीबाट नविना लामा, कल्पना वाइवा, रामजी सापकोटा, प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल प्रतिनिधि चुनिएका हुन् ।

एमालेको महाधिवेशनका लागि अधिकांश भूगोलबाट प्रतिनिधि चुनिसकेका छन् भने विभिन्न जनवर्गीय संगठनबाट पनि प्रतिनिधि चयन भइसकेका छन् । एमालेको १०औं महाधिवेशन यही १० मंसिरदेखि चितवनमा हुँदैछ ।






