Comments Add Comment

Advertisment

SKIP THIS

१५ महिने कार्यकालमा स्याङ्जा जिल्लाको मुहारनै परिवर्तन गरेर बिदा हुँदै एसपी होवेन्द्र

८ मंसिर, काठमाडौ । १५ महिने कार्यकालमा स्याङजा जिल्लामा उकृष्ट काम गरेर र कानुनमा कूनै पनि कार्यान्यन सम्झौता नगरी एकै दिनमा १११ जना फरार प्रतिवादी समाउन सफल भएका छन् ।

(एसपी)प्रहरी उपरीक्षक होवेन्द्र बोगटीले आपनो फेसबुक मार्फत ”धार्मिक तथा पर्यटकिय हिसाबले अत्यन्त सुन्दर रमणीय र प्रचुर सम्भावना बोकेको पहाडी जिल्ला स्याङ्जामा १५ महिनाको कार्यकालमा फैसला कार्यान्वयन, विभागिय नीति निर्देशन र प्रचलित कानूनलाई शिरोपर गर्दै कानून कार्यन्वयन गर्ने क्रममा कुनै किसिमका दवाव प्रभाव तथा वाधा व्यवधान नगरी स्वतन्त्रतापूर्वक असल प्रहरीको भूमिका निर्वाह गर्दै विधि र पद्धतिमा प्रहरीलाई चल्न सहयोग गर्नु हुने नागरिक समाज, राजनीतिक दल, व्यवसायी, पत्रकार, वुद्धीजिवी एवं सरकारी तथा गैह्रसरकारी सरोकारवाला निकाय र सम्पूर्ण स्याङ्जावासी आदरणीय महानुभावहरू प्रति ह्रदय देखी हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा जिल्लाको थप उज्ववल भविष्यको कामना गर्दै विदा हुन चाहन्छु ।”

नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाउन सफल(एसपी)प्रहरी उपरीक्षक होवेन्द्र बोगटी अपराध अनुसन्धानमा समेत काविल अफिसर मानिन्छन । प्रहरी संगठन भित्र अब्बल प्रहरी अधिकृतका रुपमा चिनिदै आउनु भएको छ । एसपी होवेन्द्र बोगटी ले स्याङ्जा जिल्लाको शान्ति शुरक्षा कायम गर्न कुनै सम्झौता नगरेको पाइयो ।

नेपाल प्रहरीमा निकै शालिन र भद्र एसपी होवेन्द्र बोगटीले आफ्नो १५ महिने कार्यकालमा स्याङ्जा जिल्लाको मुहारनै परिवर्तन गरेर धुमधामले बिदाई भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै