Comments Add Comment

‘प्रेम गीत–३’ फागुन १३ गते रिलिज हुने

९ मंसिर, काठमाडौ । नेपाली चलचित्र ‘प्रेम गीत–३’ले रिलिज डेट लिएको छ । फागुन १३ गतेका लागि ‘प्रेम गीत–३’ले रिलिज डेट लक गरेको हो ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सुनील थापा, शिव श्रेष्ठलगायत कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ ।

“नेपालमा हामीले फागुन ३ गतेका लागि चलचित्र रिलिज गर्ने निर्णय गरेका छौं,” मुम्बईमा रहेका निर्माता समेत रहेका सन्तोष सेनले भने, “भारतमा भने कहिले रिलिज गर्ने भन्ने विषयमा हामी वितरकसँग छलफलमा छौं ।”

भारतीय चलचित्र बजारका लागि हिन्दी भाषामा पनि डबिङ गरिएको चलचित्रको नाम ‘संघारक’ राखिएको छ ।

यसका अघिल्ला दुई सिरिजले नेपाली बक्स अफिसमा उत्साहजनक ब्यापार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै