Comments Add Comment

Advertisment

SKIP THIS

ओली रहदा सम्म एमालेमा जान्न : वामदेव गौतम

९ मंसिर, काठमाडौ । नयाँ नेतृत्व छान्न नेकपा एमालेको महाधिवेशन चितवनमा हुँदैछ।

एमाले पार्टी र उसका उच्च नेतादेखि कार्यकर्ता कार्यकर्तासम्म त्यसमै व्यस्त छन्। तर नेता वामदेव गौतम दशकौं लामो राजनीतिक जीवन बिताएको त्यही पार्टी एमाले त्यागेर बसेका छन् । एमालेका अघिल्ला दुई महाधिवेशनका किङमेकर नेता गौतम १० औँ महाधिवेशनमा भने गुमनाम छन्।

एमाले परित्याग गरेका नेता गौतमले केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन्। बीबीसीलाई दिएको अन्तर्वार्तामा गौतमले आफू ओली रहुन्जेल एमालेमा फर्किने सम्भावना नरहेको बताए । बीबीसीका पत्रकारले ओलीले एमालेको नेतृत्वमा फर्किनुस् भनेर आग्रह गर्ने आशा छ रु भनेर सोधेको प्रश्नमा गौतमले भनेका छन्, ‘आशाको एउटा सानो त्यान्द्रो पनि छैन, त्यसो उहाँले गर्दै गर्नुहुन्न। त्यो चरित्रचाहिँ छैन।

कमरेड केपी ओलीले जिन्दगीमा आत्मालोचना गरेको कहिले मलाई थाहा छैन। कसैलाई पनि उहाँले लगाएको गुन तिर्नुहुन्न, काम लगाउने हो लगाउने हो लगाउने हो, त्यसपछि फाल्दिने हो।’

बरु एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको उल्लेख गर्दै त्यसमा प्रवेश गर्ने सम्भावना रहेको तर केपी ओली रहँदासम्म आफू एमाले नजाने उनले बताएका हुन्। अन्तर्वार्ताकारले यो उमेरमा राजनीति जीवनमा यस्तो वियोगान्त हुनुपर्ला वा राजनीतिबाट बहिर्गगमनमा पर्नुहोला भनेर सोध्दा नेता गौतमले त्यसलाई अस्वीकार गर्दै नयाँ पार्टी बनाउन पनि सकिने तथा एकीकृत समाजवादीमा प्रवेश गर्न पनि सकिने जवाफ दिएका हुन्।

उनले भने, ‘पार्टी बन्न सक्छ नि कस्तो कुरा गर्नुभएको तपाईंले ! जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीमा समावेश गराउन प्रयत्न गरिरहेको छु, पार्टीमा प्रवेश गर्न सक्छु।’ एमालेमा नि भन्ने प्रश्नमा गौतमले भनेका छन्, ‘केपी ओली रहँदासम्म एमालेमा म जाँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै