Comments Add Comment

Advertisment

SKIP THIS

श्रीमान् लाई धरौटीमा छुटाई दिन्छु भनी ठगी गर्ने ब्यक्ती पक्राउ

१३ मंसिर ,काठमाडौ । “जबर्जस्ती करणी उद्योगका प्रतिवादीलाई छुटाईदिन्छु भनी ठगी गर्ने एक ब्यक्ती पक्राउ” परेका छन् ।

जबर्जस्ती करणी उद्योग मुद्दामा मिति ०३/१८ गते पक्राउ परी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखाल थुनामा रहेका चाईनिज नागरिक LIU YUE लाई थुनामुक्त गराई दिन्छौ भनि निज चाईनिज नागरिकको श्रीमती जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. ३ टाँडी घर भई हाल काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.१० सुकेधारा बस्ने कमला भुषालसँग जिल्ला काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.१० सुकेधारा शान्तिकोलोनी बस्ने बर्ष २७ की रबिना थापाले मञ्जु ओली समेतको सहयोगमा आफ्नो मान्छे वकिल छन्, उनले न्यायाधिश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई तपाईको श्रीमान् लाई धरौटीमा छुटाई दिन्छु, सेटिङ गर्नको लागि खर्च लाग्छ, मैले भने अनुसार रकम दिदै जानु, तपाईको श्रीमान् लाई निकाली दिन्छौ भनी बिस्वास दिलाई प्रलोभनमा पारी छुटाई दिने भनि रु २० लाख रकम लिई ठगी गरेको जानकारी आएको छ ।

निज कमला भुषालले रविना थापा र मञ्जु ओलीका विरुद्ध यस महाशाखामा जाहेरी दरखास्त पेश गरेकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नं। १५ छाउनीबाट रबिना थापालाई पक्राउ गरेको हो ।

ठगी सम्बन्धी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको छ थप जानकारी आउन बाकी….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै